रुकुम : नेपाल कृषिप्रधान देश। कृषिका लागि आवश्यक मल र घरायसी गर्जो टार्न पशुपालन गरिन्छ। साथै दूध, मासु तथा ऊनका लागि गाईभैँसी र भेडाबाख्रालगायत चौपाया पालिन्छ। नेपालको हिमाल, पहाड र तराई सबै भौगोलिक क्षेत्रहरूमा विभिन्न प्रजातिका पशुपालन गरिन्छ।
रुकुम पश्चिम र रुकुम पूर्व जिल्लाका विभिन्न ठाउँमा पनि अधिकांश किसानले निर्वाहमुखी पशुपालन गर्ने गरेका छन्। रुकुम पश्चिमका अधिकांश स्थानमा खनजोतका लागि गोरु र दूधका लागि भैँसी पाल्ने चलन छ। रुकुम पूर्वमा भने व्यावसायिक रूपमा भेडापालन हुने गरेको छ।
चौपायाहरुलाई घरमै बाँधेर घाँस खुवाउने भन्दा चरण क्षेत्रमा लगेर चराउने चलन छ। गोठालो नै राखेर पशुचौपाया जंगलमा चराउन लैजाने चलन छ। पछिल्लो समय यसप्रति युवापुस्ताको मोह नभएका कारण वृद्धवृद्धाहरू नै गोठालो जाने गरेको पाइन्छ। अध्ययन तथा अन्य कामको लागि शहरकेन्द्रित र रोजगारीका लागि युवा विदेशिँदा बुढाबूढी र महिला मात्रै चरनमा भे६िने गरेका हुन्।
हेर्नुहोस् तस्विर,
तपाईंको ईमेल गोप्य राखिनेछ ।