मन्त्री भन्छिन् : तर धुकचुक-धुकचुक थियौँ

|

काठमाडौं : गत चैत २७ गते सगरमाथाको उचाई मापन गर्न गएको टोली काठमाडौं फर्किएको छ। सगरमाथाको शिखरमा एक घण्टा २० मिनेटसम्म बसेर मापन टोली फर्किएको हो। तर सगरमाथा नाप्‍न गएको टोलीका अधिकांश सदस्यको स्वास्थ्यमा समस्या देखिएको छ। उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ।

हिउँले खुट्टो खाइदियो

सगरमाथा मापन टोलीको नेतृत्व गरेका प्रमुख नापी अधिकृत खिमलाल गौतमका दुवै खुट्टा हिउँले खाइदिएको छ। 'दुवै खुट्टामा पट्टी बाँधिएको छ। जुत्ता चप्पल लगाउने स्थिति भएन', उनी भन्छन्, 'तर इतिहास रच्‍ने कामको नेतृत्व गरेर जान पाएर रेकर्ड राख्न सकेकामा खुसी छु।'

सगरमाथाको उचाई नापेर फर्किएको टोलीलाई बधाई दिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित कार्यक्रममा गौतमले यसरी खुसी व्यक्त गरे। उपचारमा रहेका गौतमसहितको टोली नर्भिक अस्पतालबाट आएको थियो। उनीहरु बधाई थापेर पुन: नर्भिक नै फर्केका छन्।

विगतमा पनि सगरमाथाको चुचुरोमा पुगेर निजीमतीको तर्फबाट रेकर्ड राखेका गौतमले अहिले कम्तीमा चार रेकर्ड राखेको बताए। सगरमाथामा दुईपटक पुग्‍ने पहिलो निजामती कर्मचारी, नापीको नेतृत्व गर्ने पहिलो कर्मचारी, लामो समय बस्‍ने र उपसचिवका रुपमा जाने पहिलो। यी हुन् उनका रकेर्ड। यसले उनमा खुसी थपिएको छ। त्यो भन्दा बढी नेपाल आफैँले पहिलो पटक उचाई मापन गर्ने टोलीको नेतृत्व गर्न पाएकोमा खुसी छन्।

‘नेपालले आफ्नै तर्फबाट ठूलो काम गरेको छ, यो काम गर्न धेरैको सहयोग पाइयो। मैले त मेस्सीले जस्तो गोल मात्रै हानेको हुँ’, गौतमले भने ‘मन्त्रीबाट आमाको जस्तो स्‍नेह र प्रधानमन्त्रीको आशीर्वादबाट हामी उत्साहित भयौँ’।

यति ठूलो काम गर्ने कर्मचारीलाई राष्ट्रले उत्साहित बनाउनु उसको दायित्व थियो। ‘हैसाला दिनै पर्‍यो तर, हाम्रो मनमा पनि धुकचुक-धुकचुक थियो’ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भनिन्,  ‘स्वास्थ्यमा समस्या हुँदा पनि प्रमुख काम सकेर राष्ट्रको गौरव बढाउने काम गर्नु भएको छ, यसलाई सामान्य काम नठान्‍नु होला।’

आफ्नै साधन र जनशक्ति प्रयोग गरेर सगरमाथाको मापन गर्न पाएकोमा मन्त्री अर्यालले खुसी लागेको बताइन्। उनल ऐतिहासिक उपलब्धी हासिल भएको बताइन्। ‘सगरमाथा मापन गर्न थालेको ६६ वर्ष भएको छ, तर आफ्नै स्रोत साधनमा काम गरौ भन्‍ने विगतको सोचलाई मेरो कार्यकालमा कार्यान्वयन गर्न पाइयो', उनले भनिन्, 'बाहिरका मान्छेसमेत खोज्‍नु परेन।’

मन्त्रालयका सचिव गोपिनाथ मैनालीले मन्त्रीसहित सबैको उचाई बढाएको प्रतिक्रिया दिए।

के-के भयो सगरमाथामा?

सगरमाथाको चुचुरोमा एक घण्टा २० मिनेट बसेको टोलीले जिएनएसएस तथा जिपिएस सर्वेक्षण गरको हो। चैत २७ गते काठमाडौंबाट हिँडेको टोली जेठ ४ गते बिहान २ बजे आरोणका लागि सगरमाथा आधार शिविरतर्फ गएको थियो। तेस्रो पोलमा रहेर ५२ वटा स्याटेलाइटबाट डाटा सर्भेक्षणको काम गरिएको थियो।

टोलीले स्याटेलाइटबाट जानकारी दिएसँगै सातवटा पहाडको प्वाइन्टबाट नापी अघि बढाइएको थियो। सगरमाथा आरोहणबाट तथ्याङ्क संकलन भइसकेको अवस्थमा पनि अन्यस्थलगत सर्भेक्षणका तथ्यांक प्राप्त हुने क्रममा रहेको टोलीले जानएको छ। अबको ६ महिनापछि नेपालले आफ्नै महेनतबाट सगरमाथाको उचाई पत्ता लगाउने मन्त्री अर्यलले बताइन्।  

को को थिए नापीमा

प्रमुख नापी अधिकृट्ट खिमालाल गौततको संयोजक्तवमा नापी अधिकृत रविन कार्की नापी कार्यालयको तर्फबाट गएका थिए । सर्भेयर सुरसिंह भण्डारी, युवराज धिताल र गाइड छिरिङ शेर्पा पुगेका थिए। २०७५ चैत २७ गते प्रधानमन्त्री केपीशर्मा ओलीले सगरमाथा नापी गर्न जाने टोलीलाई विदाइ गरेको थियो।

२०७६ बैशाख २८ गते सगरमाथाको आधार शिविरबाट मन्त्री, सचिव मैनालीसहितको टोलीले विदाइ सहित सुधकामना दिएको थियो।

सफलता मिल्यो

यसअघि पनि सगरमाथा आरोहण गरेका गौतमलाई पहिलेको जस्तो सहज भएन। एकातर्फ काम लिएर गएको टोली थियो भने अर्को लामो समय चुचुरोमा बिताउनु पर्‍यो। 

मौसमको समस्या, जाम लगायत गर्दा उनलाई पहिलेको भन्दा कठिन लाग्यो। '२५ वर्षको तुलनामा अहिले सबैभन्दा कठिन रहेछ। धेरैको मृत्यु भएको पायौँ' गौतमले भने 'हामीसँग सरगमाथा गएका भारतीय व्यापारीका छोराको निधन भएको रहेछ। खुट्टामा समस्या रहे पनि हामी बाँचेर आउन सफल भयौँ।'

२०७२ सालको सगरमाथाको उचाई घटबढ भएको बहस भइरहेको बेला नेपाल सरकारले आफैँ उचाई मापन गरेको हो। यसको नेतृत्व गर्न पाउँदा उनी खुसी छन्। मन्त्री अर्यालले एडमन्ड हिालारी र तेन्जिङ नोर्गे शेर्पा जस्तै अहिलेको टोलीको नाम प्रख्यात भइरहने बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.