प्राथमिकतामा पूर्वधार विकास बैंकदेखि औद्योगिक ग्रामसम्म

|

सुर्खेत : कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि आफ्नो नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश सरकारको तर्फबाट बुधबार  प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली सरकारको नीतितथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा कर्णाली सरकारले पूर्वाधार विकास, पर्यटन, कृषि, स्वास्थ्य शिक्षा र ऊर्जालाई विशेष प्राथमिकता पारेको छ। पूर्वाधार विकासमा पछि परेको कर्णाली सरकारले कर्णाली पूर्वाधार विकास बैंक निर्माण गर्ने जनाएको छ । यसैगरी आयोजनालाई सही ढंगले परिचालन गर्नका लागि परियोजना बैकको निर्माण गर्ने क्रमबद्ध रुपमा परियोजना अघि बढाउने प्रदेश सरकारले जनाएको छ । 

भेरी बबई आयोजनमामा कर्णाली सरकारले ९ मेघावाटको छुट्टै नयाँ आयोजना निर्माण गर्ने, कर्णालीको पानी सबैको लगानी कार्यक्रम संचालन गर्ने, उज्यालो कर्णाली कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउने प्रदेश सरकारको प्राथमिकतामा परेको छ। नीति तथा कार्यक्रममा जिल्ला सदरमुकामबाट प्रदेश राजधानीमा सहज रुपमा सडक सञ्जासलले जोड्ने, हरेक जिल्लामा एउटा प्रदेश महत्वको आयोजना निर्माण गर्ने, कर्णाली प्रदेशका रहेका सबै तुईन विस्थापित गर्ने, आगामी पौष मसान्त सम्ममा प्रदेश सरककारले लगानी सम्मेलन आयोजना गर्ने लगायतका कार्यक्रम अघि सारिएको छ। 

यसैगरी चिकत्सा ईन्जिनिरिङ पाईलटिङ पढ्नका लागि छात्रबृति दिने, मुख्यमन्त्री महिला तथा दलित आय आर्जन कार्यक्रम गराउने , राउटे तथा अपसंख्यकका लागि आय मुलक कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 सिंजा र दुल्लुमा सांस्कृतिक संग्रालय, हिमाली चिडियाखाना निर्माण,  रारा शेफोक्सोण्डोमा इ पुस्तकालाय बनाउने योजना सरकारको छ। 

जडिबुटी कम्पनीको निर्माण गर्ने, हिमालमा वन संरक्षणमा काम गरिने सरकारले जनाएको छ  । प्रदेश राजधानीलाई हरित नगर बनाउने, धुलो धुवा र पलाष्टिको झोला मुक्त बनाउन कार्यक्रम संचालन गर्ने  कार्यक्रममा जनाईएको छ । 

कर्णाली प्रदेश सरकारको नीतितथा कार्यक्रमको पूर्ण पाठ 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.