उदयपुर : कोसी टप्पु वन्यजन्तु आरक्षमा अहिले ६ वटा मात्र छन्। यहाँ रहेका ११ हात्तीमध्ये पाँच वटा चितवन राष्ट्रिय निकुन्जमा लगिएको आरक्षका रेन्जर सुमन काफ्ले जानकारी दिए।
२०३२ सालमा स्थापना भएको आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यहाँ अहिले छावा र माउ गरी ६ वटा हात्ती छन्। रेन्जर काफ्लेका अनुसार ५५ वर्षे शोभाकलीका दुई सन्तान छन्। जसमा ११ वर्षे लक्ष्मीकली र कौशीकली ९ महिनाकी छन्। यसैगरी १६ वर्षका दमदमकली र सरस्वतीकली छन्। ६३ वर्षे अम्बिकाकली पनि आरक्षमै छन्। यी सबै पोथी हुन्।
यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा लगिएका हात्तीमा २० वर्षे पारसगज, १७ वर्षे कुलप्रसाद नाम गरेका भाले हात्ती छन्। त्यस्तै, १६ वर्षे तीर्थमानकली, ५५ वर्षे पृथ्वीकली र ६८ वर्षे पार्वतीकली छन्। ‘चितवनमा रहेका हात्तीको खर्च पनि कोशी टप्पु वन्यजन्तु आरक्षलेले गर्नुपर्छ,’ रेन्जर काफ्लेले भने, ‘यीमध्ये सबैभन्दा धेरै उमेर भएको पार्वतीकली हो।’
१७५ वर्ग किलोमिटर क्षेत्रफलमा फेलिएको कोसी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरमा पर्दछ। यो आरक्ष सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार पनि हो। यहाँ विभिन्न ४४१ प्रजातिका चरा, २१९ वटा अर्ना र १२ वटा डल्फिनसमेत छन्।
हेर्नुहोस हात्तीको फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।