तीन तहका सरकारका प्रतिनिधि नै भन्छ पूर्ण सहयोग रहनेछ

|

काठमाडौं : पर्यटकीय जिल्ला लम्जुङमा स्मार्ट फिल्म सिटी बन्‍ने भएको छ। यसका लागि इटालियन र नेपाली कम्पनीबीच सहमति भएको छ। स्मार्ट फिल्म सिटी निमार्णका लागि नेपालको तर्फबाट स्काई इन्टरटेनमेन्ट र इटालियन कम्पनी एरिया होल्डिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

बुधाबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा गरिएको सम्झौतासँगै दुई कम्पनीले (संयुक्त कम्पनी) खडा गर्ने छन्। जुन कम्पनीबाट लगानी जुटाउनेदेखि फ्ल्मि सिटी संचालनसमेत हुनेछन्।

संयुक्त कम्पनी वर्ल्ड स्काई सिने भिलेन नेपालले लगानी गरेर बनाउने स्मार्ट फिल्म सिटीको नाम पनि वर्ल्ड स्काई सिने भिलेज नेपाल राख्ने सहमति भएको छ। लमजुङको बेंसीसहर नगरपालिकाको वडा  ३, ४, ५ र ९ को ५ हजार रोपनी क्षेत्रमा फिल्मी सिटी निर्माण तयारी गरिएको छ।

यो फिल्मी सिटी संसारकै सबैभन्दा अग्लो स्थानको हुने स्काई इन्टरनेट अध्यक्ष आकाश अधिकारीले बताए । समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा फिल्म सिटी निर्माण हुन लागेको हो। लक्ष्यअनुसार काम भएमा यो अबको चार वर्षमा संचालनमा आउने छ।

करिब ६ अर्ब लागत (५ अर्ब ९० करोड अनुमानित) लागतमा निर्माण गरिने नपालको अन्तर्राष्ट्रियस्तरको उक्त फिल्म सिटीले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनको दाबी छ। यस विषयमा इटालीबाट इन्जिनियर आएर अध्ययन गरेका छन्।

फिल्म सिटीको डिपिआर (विस्तृत आयोजना अध्ययन प्रतिवेदन)को काम छिटै सक्ने वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए। उनले यो कामममा हात हालेसँगै नेपाल दोस्रो घर भएको बताए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले लमजुङमा बन्‍ने फिल्म सिटी नेपाली फिल्म क्षेत्रका लागि ऐतिहासिक काम हुने बताए। उनले सरकारले घोषणा गरेको ‘छायांकनका लागि नेपाल’ नामक कार्यक्रमका लागि पनि यसले ठूलो सहयोग पुर्‍याउने बताए।

मन्त्रालयमा निवेदन आएको १५ दिनभित्रै सरकाले यसबारे निर्णय लिएको उनले बताए। ठूलो लगानी भएकाले लगानी बोर्डमार्फत् लगानी स्वीकृत गरिने उनले बताए।

 ‘निवेदन आएको १५ दिनमै सरकारले काम गरेको छ, उद्योग मन्त्रालयबाट पनि स्वीकृति भएर आएको छ। यो नौलो कुरा हुन सक्छ’ बास्कोटाले भने', फिल्म सिटी निर्माणमा समस्या आए सरकारले सहजीकरण गर्नेछ।'

बेंसीशहर नगरपालिकाका प्रमुख गुणमान सिंह अर्यालले स्थानीयस्तरबाट भरपुर सहयोग हुने प्रतिवद्धता जनाए। ‘हाम्रोमा यति ठूलो काम हुने कुराले धेरै खुसी भएका छौँ। नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुँ। तर कांग्रेसले पनि यसलाई प्राथमिकतामा राखेको छ', उनले भने, 'तपाईंहरूलाई लगानी गर्न कुनै समस्या पर्ने छैन।

त्यस्तै संचार मन्त्री बास्कोटलाई टेलिफोन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फिल्म सटी निर्माणमा प्रदेश सरकारको पूर्ण सहयोग रहने जानकारी गराएका थिए।

स्काई इन्टरटेनमेन्टका अध्यक्ष अधिकारीले बेंसीसहरबाट धेरै हिमाल र प्रकृतिक दृश्य देखिने बताए। 'त्यहाँ काठमाडौं, भक्तपर लगायतका धार्मिकस्थल मिनेचर गराउँछौँ', उनले भने, 'संसारका अन्य प्रसिद्धस्थलको पनि मिनेचर गराइ एकै स्थानबाट सम्पूर्ण फिल्मी सुटिङ गर्ने वातावरण बनाउँछौँ।'

उनले अन्यको तुलनामा ६५ प्रतिशतसम्म सस्तो सेवा दिएर संसारकै ध्यान तानिने बताए। ‘अन्य फिल्मी सिटीमा सय रुपैयाँ लागत लाग्छ। हामीले ३५ रुपैयाँमै ल्याउने सोच बनाएका छौँ। यति गरेपछि संसारको ध्यान नेपालमा जानेछ,’अधिकारीले भने।

इटालियन कम्पनीले संसारका अन्य देशमा पनि यस्तो फिल्मी सिटी बनाएकाले तिनको तुलनामा सस्तोमा काम गर्न सकिने बताए । उनले नेपालमा पनि विदेशी फिल्म निर्माताहरू आउने दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.