|

बोस्टन : अमेरिकाको म्यासच्युसेट्स राज्य, मेडफोर्डस्थित अपर मिस्टिक लेकमा डुबेर अपूर्व देवकोटाको सोमबार (जुलाई १) मा निधन भएको छ। १७ वर्षीय देवकोटा दुई साथीसँग साँझ करिब ८ बजे उक्त तालमा पुगेका थिए ।

सन् २०१६ मा अमेरिका आएका देवकोटाको शव झन्डै दुई घन्टा प्रहरीको अथक प्रयासपछि निकालिएको थियो। उनका निकटस्थका अनुसार उनी पौडी खेल्न जान्दैनथे।

यसअघि टेक्ससको फ्लुगरभिल लेकमा कायाक चलाउँदा डुबेर २३ वर्षीया पूजा थापाको आइतबार जून ९, २०१९ साँझ निधन भएको थियो। एक्कासी आएको आँधीमा उनी कायाकसहित बेपत्ता भएकी थिइन्। साँझैमा प्रहरीले खोज्न थाले पनि मौसम प्रतिकूल भएकाले रोकेको थियो।

सन् १९९६ जनवरी २४ मा जन्मेकी थापा अमेरिका आएको केही हप्ता मात्र बितेको थियो। उनको शव जून १२ मा मात्र फेला परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.