कञ्चनपुर : कैलालीको पूर्वी कर्णाली नदी तटीय क्षेत्रमा रहेको टीकापुर पार्कको मनोरम दृश्यमा नरम्ने सायदै कमै होलन। नेपालको सबै भन्दा ठूलो पार्कका रूपमा टीकापुरलाई लिने गरिन्छ। त्यसैले यो पार्क बृहत उद्यानका रुपमा समेत परिचित रहेको छ ।
स्वर्गिय राजा महेन्द्रका पालमा पार्कको स्थापना भएकाले यस पार्कलाई स्थानीय बासिन्दाले बंगलाका नामले समेत सम्बोधन गर्ने गर्दछन। पञ्चायती शासन बेला यो पार्क राजाहरूको आराम गृहका रुपमा रहेको थियो।
राजा महेन्द्र, वीरेन्द्र लगायत तराईमा शिकार गर्न आउने बेला यस पार्कमा परिवारसहित बस्ने गरेका थिए। राजा वीरेन्द्र बस्ने घरलाई वीरेन्द्र विश्राम बाटिका नामको काठले बनेको बंगला र राजा महेन्द्र बस्ने महेन्द्र आरोग्य केन्द्र, रत्न बाटीका, एश्वर्या वाटिका अहिले पनि पार्कमा संरक्षण गरेर राखिएका छन।
विसं २०२४ सालमा राजा महेन्द्रलाई हदयघात भएपछि पार्क भित्रै राखेको काठको बंगलामा राखेर आर्युवेदिक पद्धति द्बारा उपचार गरिएको टिकापुरका बुढापाकाहरू बताउद छन। पार्कमा रहेका गुलाफका बगैंचा संगै फुलका बगैंचा हेर्न लायक रहेका छन।
पार्कभित्रै पर्यटक सँग पैठाजोरी गर्दै हिडने बाँदरको बथान सहजै देख्न सकिन्छ। पिकनिक मनाउन आएका आन्तरिक पर्यटकले राखेका खाद्य पदार्थ बाँदरले खोसेर लैजाने हुनाले पर्यटक बाँदर बाट सामग्री बचाउन पहरेदारी गरेर बस्ने समेत गर्दछन।
पार्कका कर्मचारीहरुका अनुसार पार्कमा ८० बढी प्रजातिका गुलाफका विरुवाका बगैंचा रहेका छन। राजा महेन्द्रको निर्देशन अनुसार विसं २०२८ सालमा टिकापुर विकास समिति स्थापना भएपछि टिकापुर पार्क निर्माण गरिएको हो।
पार्कका संस्थापकका रुपमा तत्कालीन टिकापुर विकास समितिका अध्यक्ष खडकबहादुर सिंह थिए। पार्क क्षेत्रफ १५० हेक्टर (८५ विघा) क्षेत्रफलमा फैलिएको छ।पार्कलाई दुई भागमा बाँडिएको छ। एक खण्डमा फुल बाटिका, पिकनिक स्पट र राजा महराजाका भवन रहेका छन। दोस्राे खण्डमा फलफूलका विरुवाहरू रोपेर फ्रुट ल्याण्डका रुपमा विकसित गरिएको छ।
पार्कका प्रमुख पथका बिचमा एउटा पञ्चायती रजत वर्षको स्तम्भ ठडयाइएको छ। स्तम्भमा राजा महेन्द्रले रचना गरेको उपहार नामक कविता त्यसमा लेखिएको छ।उत्तर तर्फको विरेन्द्र विश्राम बिश्राम स्थलको आगाडी पानिको फोहराको दृश्य समेत हेर्न लायक छ। जसमा पार्कको अबलोकन गर्न आउनेहरु फोटो खिच्ने कार्यमा व्यस्त हुने गरेका छन।
टिकापुर पार्कनजिकै कल कल बग्दै गरेको कर्णाली नदीको पानीमा डल्फिन र रयाफटिंग गर्नेहरूलाई देखेर पर्यटक लोभिने गरेका छन। पिकनिक खान आउनेका लागि पार्क भित्रै ठाउँ ठाउँमा पानीको व्यवस्था समेत गरिएको छ। विदाका दिन पार्क हेर्न आउने पर्यटकले खचाखच भरिएको हुन्छ।
दैनिक पर्यटकको संख्या २०० देखि २५० को हाराहारीमा पार्कमा आउने गरेको बताइएको छ।
पार्कमा प्रवेश आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति २५, विद्यार्थीका लागि १५, सार्क राष्ट्रबाट आउने पर्यटकका लागि १५० र तेस्राे मुलुकबाट आउने पर्यटकका लागि ३०० शुल्क तोकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।