|

बोस्टन : गैह्रआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको नयाँ कार्यसमितिले एनआरएनए आइसीसीको अक्टोवर महिनामा नेपालमा हुने अधिवेशनमा अमेरिकाबाट सहभागि हुने प्रतिनिधिका विषयसमेतमा छलफल गरी पहिलो बैठक गरेको छ। सिकागोमा जुलाई ६-७ मा भएको आठौँ वार्षिक साधारण सभा तथा २०१९- २१ कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रमपछि समितिको बैठक बस्दै उक्त निर्णय गरिएको हो ।

नयाँ अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा आइतबार बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले तात्कालिक आवश्यकता, दिर्घकालिन कार्ययोजना र सान्दर्भिक विषयवस्तुलाई समेटेर महासचिव पशुपति पाण्डेद्वारा राखिएका प्रस्तावहरूमाथि बैठकमा छलफल भयो।

कार्यसमितिका निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थितिमा रिजनल कोर्डिनेटर गौरी जोशी, डिआरसी नविन लामा र आइसीसी सदस्यहरू समेतको सहभागितामा गरिएको बैठकले महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा दुई वर्षे कार्ययोजनाको प्रारम्भिक प्रारूपमाथि विचार मन्थन गरियो। पदधिकारी र सदस्यहरुको थप राय सुझावसहित आगामी बैठकमा पेश गर्ने सहमति गरियो । एनआरएनए आइसीसीका लागि नेपाल जाने प्रतिनिधि छान्न वरिष्ठ उपाध्यक्ष संयोजक र क्षत्रीय उपाध्यक्षहरू, महासचिव र कोषाध्यक्ष, सदस्य रहने गरि ७ जनाको समिति गठन गरेको छ।

बैठकले विधान समितिको संयोजकमा उपाध्यक्ष बी.आर. लामा, अमेरिकामा हुने जनगणनामा नेपालीहरूको सहभागिता ढाउन गठित सेन्सस २०२० समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे र आइटी समितिको संयोजकमा महासचिव पशुपति पाण्डे रहने गरी पहिलो चरणमा ३ समिति गठन गरिएको छ । समितिमा थप सदस्य संयोजकहरूले बोर्डको सल्लाहमा चयन गर्ने छन्।

''नेपालीका लागि नेपाली'' भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो। यसका विभिन्न ७८ देशमा शाखा छन्। अमेरिकाका सबैजसो राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.