सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमतिमा आएपछि कर्णाली प्रदेश सभाले बजेट पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल सहमतिमा आएपछि बसेको प्रदेश सभा बैठकले कर्णाली सरकारको ३५ अर्बको बजेट पारित भएको हो ।
यसअघि बजेटमा सांसदहरुले उठाएको प्रश्नहरुको चित्त बुझ्दो जवाफ नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको थियो ।
विभागीय मन्त्रीले मौखिक मात्रै प्रतिवद्धता जाहेर गरेको बताउँदै कांग्रेसले लिखित संशोधन नगरेको भन्दै प्रतिपक्षले बजेट पारित गर्न दिएको थिएन।
सरकार र प्रतिपक्षबिच भएको छलफलमा सहमति भएपछि कर्णाली सरकारको बजेट पारित भएको हो । छलफलमा मन्त्रीले प्रतिवद्धता गरेका, संशोधन गर्ने भनेको बजेट पनि विनियोजन विधेयकको अंगका रुपमा रहने सहमतिपछि बजेट पारित भएको हो । सरकारले बजेटमा संसोन गरेका बुँदाहरु सभामुख राजबहादुर शाहीले प्रदेश सभामा बढेर सुनाएका थिए ।
बजेटमा सुधार गरिने बुँदा
कर्णाली प्रदेश सरकारका आर्थिकमामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा पेश गरेको विनियोजन विधेयकको अंग बन्ने गरी बजेट पारित भएको हो ।
यता सत्ता पक्षका सांसद गोपाल शर्माले विपक्षी दलले केटाकेटी शैलीमा संसदमा अवरोध गरेर अन्त्यमा अवरोध खुलाएको बताए ।
‘पहिले अर्थमन्त्रीले सांसदहरुले उठाएका सवालको जवाफ दिने बेला नै बोलेका कुराहरु सभामुखबाट बोलाउन लगाइयो, त्यसका लागि किन संसद अवरोध गर्नुपथ्र्यो ?’ सांसद शर्माले भने, ‘प्रतिपक्षले विरोधका नाममा विरोध मात्रै गरेको हो ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।