|

काठमाडौं :  नेपाली कांग्रेसका नेता गगन थापा विश्वकपको फाइनल हेर्न लड्स मैदानमा पुगेका छन्। आइतबार राति भएको खेल हेर्न पुगेको भन्दै नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसमेत सार्वजनिक गरेका छन्। 

‘न्युजिल्यान्ड र इंग्लयान्डको फाइनल खेल हेर्ने अवसर मिल्यो।’ उनले लेखेका छन्, ‘यसबाट म ज्यादै उत्साहित छु। म मेरो देशका खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्न चाहन्छु।’ 

आइतबार राति भएको रोमान्चक खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो। उसले पहिलो पटक उपाधि जितेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.