|

बोस्टन : लङ्ग आइल्याण्ड नेपाली समाज, न्यूयोर्कले नयाँ नेतृत्व पाएको छ। संस्थाको पाँचौं साधारण-सभाले आइतबार नयाँ समितिलाई कार्यभार सुम्पेको हो।

सन् २०१९-२०२१ कार्यकालका लागि नवनिर्वाचित अध्यक्षमा कल्पना थापा,  उपाध्यक्षहरू वसन्त चापागाईं र राजन गौली, महासचिव अमित सिन्हा, सचिव बाबुराम शर्मा, कोषाध्यक्ष हेमन्त सिंहलगायत सदस्यहरू हुनुहुन्छ।

लङ्ग आइल्याण्ड नेपाली समाज, न्यूयोर्कको स्थापना सन् २०१० मा भएको हो। यो अमेरिकामा गैरनाफामुलक संस्थाका रूपमा दर्ता छ। संस्थाले रक्तदान, सांस्कृतिक कार्यक्रम आदि गर्दै आएको छ । न्युयोर्कमा अलि भीडभाड कम भएको यो लङ्ग आइल्याण्ड क्षेत्रमा नेपालीलगायत धेरै आप्रवासीको बसोबास छ।

 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.