|

विराटनगर : संघीय सरकारका रक्षामन्त्री तथा नेकपाका स्थायी समिति सदस्य ईश्वर पोखरेलले पार्टीको स्कुल विभाग प्रमुखका विषय सहमतिमै टुंगो लाग्ने बताए।विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

रक्षामन्त्री पोखरेलले अहिलेसम्म पार्टीको वैठकमा स्कुल विभाग कसलाई दिने भन्ने विषयमा प्रवेश नपाएको बताए। उनले स्कुल विभाग प्रमुखका विषयमा पत्रपत्रिकामार्फत बाहिर आएको कुरामा सत्यता नभएको दाबी गरे। नेकपाका जिल्ला इन्चार्जहरू सहमतिमै टुङ्ग्याइएकोले स्कुल विभाग प्रमुखका जिम्मेवारी कसलाई दिने भन्ने विषय पनि सहमतिमै टुंगिने उनको भनाइ थियो।

रक्षामन्त्री पोखरेलले सरकारले नेत्रबिक्रम चन्द समूहसँग औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडि नबढाएको बताए। नेता पोखरेलले विप्लव समूहले हिंसात्मक गतिविधि नत्यागेसम्म वार्ता हुन नसक्ने बताए। हतियार त्यागेर हिंसात्मक गतिविधि बन्द गरेमात्र विप्लव समूहसँग वार्ता प्रक्रिया अगाडि बढाउन सकिने बताए।

विभिन्न राजनीतिक समूहले वार्ताका लागि अनौपचारिक रुपमा विप्लव समूहसँग छलफल गरिरहे पनि सरकारसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको बताए। नेता पोखरेलले संसदमा सरकारले प्रस्तावको रुपमा पेश गर्ने विधेयकको विषयमा त्यहीबाट छलफल गरेर सच्याउने सकिने भएकाले यस विषयमा बाहिर हल्ला मच्चाएर विरोध गर्नु उचित नहुने बताए।

उनले मिडिया काउन्सिल, विभिन्न आयोगका विषयमा सरकारले जवाफदेहीपूर्ण विधेयक दर्ता गरेकाले संसदबाटै त्यसको हल खोजिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.