|

मुगु : छायानाथ रारा नगरपालिका ४ मा पर्ने बुका खोलामा वृक्षारोपण गरिएको छ। पहिरो उच्च जोखिममा रहेको बुका खोला आसपासका क्षेत्रमा वृक्षारोपण गरिएको हो।

छायानाथ रारा नगरपालिका ४ वडा कार्यलयको प्रतिनिधित्व र वडास्थित बालक्लब, युवाक्लब र बाबा समूहको सक्रिय सहभागितमा वृक्षारोपण गरिएको वडा ४ का अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए। पहिरोले बुका खोला आसपासका सयौँ खेतीयोग्य जमिन कटान गदै आएको र काल पाल्त, कोश, दोवाट, कालजुरलगायतका बस्ती पहिरोको उच्च जोखिमामा परेकाले पहिरोको रोकथामका लागि सबैको सक्रिय सहभागीतामा वृक्षारोपण गरिएको उनले बताए। बुका खोलामा  २ सय उतिस र २ सय बैस प्रजातिका विरुवा गरी ४ सय विरुवा रोपिएको छायानाथ रारा नगरपालिका ४ कार्यालयले जनाएको छ।

सुविधासँगै विपत्ति

मुगु जिल्लाको हवाई सेवाको एक मात्र ताल्च विमानस्थलले सेवा सुविधासँगै विपत्ति निम्त्याएको छ। ताल्च विमानस्थल पिच भएसँगै पानीको नहर बुका खोलामा मिसाइएकाले ताल्च विमानस्थल मूनिका बस्ती कालपाल्त, कोश, दोवाट ,कालजुर लगायतका बस्ती पहिरोको  उच्च जोखिमामा परेका छन्।

खोलामा आएको बाढीले सयौँ बिगाहा जमिन कटान गरेको छ। बाढीसँगै आउने पहिरोका कारण स्थानीय भने चिन्तित भएका छन्।  बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य छन्।

रारालाई क्षति पुग्न सक्ने

खोलाले बर्सेनि कटान गदै जाने हो भने यसबाट खोलाको शिरमा रहेको रारातालको जमिनलाई पनि क्षति पुग्ने देखिन्छ। ताल्चा विमानस्थलले निम्त्याएको यो समस्या छिटो समाधान गर्न स्थानीयले सरोकारवाला निकाय स्थानीय तहका प्रतिनिधिसमक्ष माग गरेका भए पनि सुनुवाई नभएको स्थानीयको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.