काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको विशेष साधरणसभाले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने बताए।
विशेष साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखेको जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिएका थिए ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखाबाट कारोबार गरेको छ। चालु आर्थिक वर्ष२०७५/०७६ को चौथो त्रैयमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरि पाँच अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।