|

बोस्टन : क्यानडाको टोरन्टोमा शनिबार नेपाली मेला (हिमालयन फेस्टिभल) आयोजना गरिएको छ। 

उत्तर अमेरिकाकै सबभन्दा आकर्षक मानिने यो मेला स्थानीय नाथन फिलिप स्क्वायरमा गरिएको थियो। यस वर्षको मेला १३ औं संस्करण रह्यो। कार्यक्रमको आयोजना नेप्लिज क्यानडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) ले गरेको हो भने अरू संस्थाले होस्टेमा हैंसे गरेका थिए।

कार्यक्रम राफल खोल्ने, नेपाली कला, गीत–संगीत आदि प्रस्तुत गरियो। अतिथि गायकका रूपमा समीर आचार्यले कार्यक्रममा आफ्नो प्रतिभा देखाएका थिए। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यसपटक कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ। 

क्यानडाको ग्रेटर टोरन्टोमा नेपाली, नेपाली(भाषी भूटानीलगायत दक्षिण एसियालीको बाक्लो आवादी छ। एनसिसिएसको स्थापना एउटा गैरनाफामुलक संस्थाका रूपमा सन् २००० मा भएको हो। यसको मुख्य लक्ष्य विभिन्न व्यावसायिक र गैर–नाफामुलक कार्यक्रमहरूसहित नेपाली समुदायको सेवा गर्नु हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.