एटिएमबाट भुक्तानी, ११ नयाँ प्रविधि
एटिएमबाट भुक्तानी, ११ नयाँ प्रविधि
काठमाडौं : राजधानीको सार्वजनिक यात्रामा विद्युतीय गाडीको प्रयोग भदौ २३ गतेबाट गरिने भएको छ। सुन्दर यातायात प्रा.लि.ले तत्कालका लागि काठमाडौंको रिङरोडमा पाँचवटा बिजुली बस चलाउने तयारी गरेको हो।
२३ भदौमा काठमाडौंको भृकुटीमण्डपमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेपछि माइतीघर हुँदै तीनकुने निस्केर ती गाडी रिङरोडमा चलाइने छ।
अन्य चार रुटमा पनि एकसाथ बिजुली बस चलाउने तयारी गरेको सुन्दर यातायातले प्रयाप्त गाडी अझै नआइपुगेको भन्दै आएका गाडी रिङरोडमा चलाउने जनाइएको छ।
कम्पनीले सोमबारसम्म दुईवटा गाडी ल्याइसकेको छ। सोमबार नै थप तीन वटा गाडी काठमाडौं भित्रिँदैछन्। आगामी सोमबारदेखि पाँचवटा गाडी संचालन गर्ने सुन्दर यातायातका संचालक तथा अध्यक्ष भेषबहादुर थापाले बताए।
सुन्दर यातायातले चार्जिङ स्टेशनको लागि नियमक निकायबाट लाइसेन्स प्राप्त नगरिसकेको अवस्थामा होम चार्जिङ स्टेशनका रुपमा मंगलबार काठमाडौंको भत्केपार्टीमा रहेको होम चार्जिङ स्टेशन पनि संचालनमा ल्याउँदै छ।
यो चार्जिङ स्टेशनबाट सुन्दर यातायाताले आफ्नो कम्पनीको गाडी चार्ज गर्न पाउनेछ। अरु गाडीबाट पनि शुल्क नलिइ चार्ज गर्न पाउने छ। अहिले सुन्दर यातायातसँग सुकेधारमा दुई, सीतापाइलामा तीन, भत्केको पुलमा एक र बुटवलमा १ गरी सातावट चार्जिङ मेसिन छन्। चार स्थानमा चार्जिङ मेसिन राख्दा एउटा स्थानमा १६ लाख रुपैयाँ लगानी गरिएको छ। एउटा चार्जिङ स्टेशनको मेसिनलाई १८ लाख रुपैयाँ पर्ने थापाले बताए।
क्युआर कोड र एटिएमबाट भुक्तानी
यदि तपाईले बिजुली बसमा यात्रा गर्नु भयो भने व्यालेन्स भएको तपाईंको एटिएमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। गाडी भित्रैका मेशिनको सहयतामा एटिएम कार्ड र क्युआर कोडबाट भुक्तानी गर्न सकिने सुन्दर यातायातले जनाएको छ।
क्युआर कोडमा अहिले आइएमई पे र प्रभु पेका ग्रहकले भुक्तानी गर्न पाउने व्यवस्था छन्। एटिएम वा क्युआर कोड प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको सुन्दर यातायातले जनाएको छ।
यो व्यवस्थाले यात्रुले गोजीमा नगद बोकी रहनुपर्ने झन्झट हुने छैन। तथापि तपाईंसँग एटिम छैन र वालेट पे पनि चालउनु हुँदैन भने नगद भुक्तानी गर्न सकिने व्यवस्था छ। यसका लागि तपाईंले तोकिएको भाडा दिएपछि सहचालकले सिक्का उपलब्ध गराउनेछन्। सिक्का मेसिनमा छिराएपछि तपाईंलाई रसिद प्राप्त हुने छ।
तीन दिन नि:शुल्क यात्रा
यात्रुलाई कार्ड प्रयोग लगायतका विधि सिकाउन सुन्दर यातायातले आगामी साताको सोमबार मंगलबार र बुधबार तीन दिन नि:शुल्क यात्रा गर्न दिने जनाएको छ।
तीन दिन यात्रा गर्ने क्रममा यात्रुहरूलाई क्युआर कोड प्रयोग, एटिएम प्रयोग र सिक्का छिराएर भुक्तानी गर्ने विधिबारे जनाकारी गराइने अध्यक्ष थापाले बताए।
११ नयाँ प्रविधि
सुन्दर यातायातले सार्वजनिक यात्राको लागि पहिलोपटक संचालनमा ल्याउन थालेको विद्युतीय बसमा ११ नयाँ प्रविधि रहेको अध्यक्ष थापाले बताए। यात्रु कहाँबाट चढेको? कहाँ झरे? यात्राका क्रममा कति समय लाग्यो भन्ने जानकारी गराउन लोकेशन म्याप जडान गरिएको छ।
त्यस्तै अडियोबाट पनि कहाँ पुगियो, अब यात्रा कति छ भन्ने जनाकारी गराउने जनाइएको छ। एटिएमबाट भुक्तानी क्युआर कोड लगायथतका प्रविधि पनि सार्वजनिक यातायातमा पहिलो प्रयोग भएको सुन्दर यातायातले जनाएको छ। एक गाडीमा सात सिसी क्यामेरा र तीनवटा एसी जडान गरिएको जनाइएको छ।
त्यस्तै सुन्दर यातायातले आफ्नै तीनवटा कार्ड पनि संचालनमा ल्याएको छ। जसको प्रयोगको लागि छुट्टा छुटै मेसिन जडान गरिएको जनाएको छ।पाँच किशिमका कार्ड प्रयोगमा ल्याउने जनाएको सुन्दरले ततकालको लागि सामान्य, वाद्यार्थी र जेष्ठ नागरिक कार्ड प्रयोगमा ल्याउने जनाएको छ।
कार्डको आधारमा सरकारले दिएको छुट सुविधा दिइने छ। अहिले अन्य सामार्वजनिक सवारी साधनको तुलनामा भाडादरमा २० प्रतिशत छुट दिने व्यवस्था कम्पनीले गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।