|

बोस्टन : नेपाली राजदूतावास, वाशिङ्गटन डिसी र अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रत्यक्ष सहयोगमा एनआरएन अमेरिका र नान्स (एनएएनसी) को आयोजनामा क्यालिफोर्नियामा कन्सुलर सेवासम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ।

कार्यशाला अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियाको सान पाब्लोमा भएको एनआरएन प्रवक्ता ओम भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएका हुन्। यस कार्यक्रममा एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरले स्थानीय सामाजिक संस्था नोर्दन क्यालिफोर्निया नेपाली संघ (एनएएनसी) सँग सहकार्य गरेको हो।

कार्यक्रमबाट प्रत्यक्ष रूपमा पश्चिमी क्षेत्रका १ सय ७९ जना नेपालीले लाभ उठाएको प्रवक्ता भट्टराईले बताए। यो कार्यक्रमका लागि नेपाली राजदूतावासले आफ्ना तीन कर्मचारीहरू (प्रथम सचिव चक्र सुवेदी, सहचारी जनक सिंह र रामजी दाहाल) खटाएको थियो। उक्त क्षेत्रका अवैतानिक महावाणिज्यदूत ढकालको सहभागिता रहनुका साथै उक्त कार्यक्रमको व्यवस्थापन र संयोजन एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ल र एनएएनसी अध्यक्ष इश्वर सिटौलाले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.