|

वाशिंगटन डिसी : भर्जिनियामा ३ वर्ष अघि स्थापित आदर्श नेपाली समाजको अध्यक्षमा सर्वसम्मतरुपमा हर्नडन निवासी तोया पौड्याल निर्वाचित भएका छन्। 

यस्तै उपाध्यक्ष मोहन उप्रेती, सचिव चिरिन्जिवी लामिछाने, कोषाध्यक्ष सुशिला खनाल, उपसचिव रूद्र ढुंगेल र कार्यसमिति सदस्यहरुमा विमल आचार्य, अर्जुन सिग्देल, बसन्त पौडेल, सम्झना अर्याल घिमिरे, सरला भण्डारी र भूमा खरेल छानिएका छन्। 

सल्लाहकारहरुमा पर्शुराम भण्डारी, डा मदन उप्रेती, गुणराज लुइटेल, गोविन्द सुवेदी, ठाकुर ढकाल, प्रदीप ढकाल, राजेन्द्र खनाल, बिना गेलाल, नारायण पौडेल, सुदीपभद्र खनाल, बन्नी प्रधान र कृष्ण खनाल रहेका छन्। 

यसैगरी सो समाजले संचालन गर्दै आएको नेपाली स्कूल संचालन गर्नको लागि आरती सिग्देलको संयोजकत्वमा सरला भण्डारी, सुशिला भण्डारी, सरला कार्की, हरि पौडेल, दुर्गा पौडेल, सुमित श्रे़ष्ठ, अनिता ढकाल, राजेश क्षेत्री, टीका कार्की, जयन्ती विष्ट र घनेन्द्र फागो चयन भएका छन्। 

हर्नडनमा बिहीबार नयॉ पदाधिकारी घोषणा र स्वागत कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा निवर्तमान अध्यक्ष अर्जुन सिग्देलले विगतमा भएका विविध गतिविधिको जानकारी गराएका थिए भने  आर्थिक प्रतिबेदन तोया पौड्यालले प्रस्तुत गरेका थिए। 

नयॉ कार्यसमितिका पदाधिकारीहरुलाई संस्थाका सल्लाहकार एवं निर्वाचन आयुक्त परशुराम भण्डारीले सपथ ग्रहण गराएका थिए।  आरती सिग्देलले संचालन गरेको कार्यक्रममा गुणराज लुइटेल, गोविन्द सुवेदी, सीता काफ्ले र हर्नडन टाउन काउन्सिलका निर्वाचित सदस्य प्रदीप ढकालले शुभकामना ब्यक्त गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.