|

बोस्टन :  अमेरिकाको बाल्टिमोरमा  एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा कपिल पौडेल छन्। उनको सुतेकै अवस्थामा बुधबार निधन भएको हो। 

बालाजु स्थायी घर भएका ३७ वर्षीय पौडेल लामो समयदेखि बाल्टिमोरस्थित ओइङ्ग मिल्समा बस्दै आएका थिए।  उनी अमेरिकी समयअनुसार कामबाट बुधबार बिहानै घर फर्केका थिए र दिउँसो सुतेका थिए। उनलाई ओछ्यानमा मृत भेटिएको थियो। साथीहरूले खबर गरेपछि प्रहरीले तत्काल पोष्टमार्टमका लागि उनको शव लिएर गएको थियो।

पौडेलको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ। उनको अर्को साता बाल्टिमोरमा अन्तिम संस्कार गरिने भएको छ। कृष्णचन्द्र र शर्मिला पौडेलका कान्छा छोरा कपिलकी पत्नी निशा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.