|
फाइल फोटो

काठमाडौं : कतारस्थित नेपाली दूतावासले घरेलु कामदारको लागि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउने भएको छ। दूतावासले एक सूचना जारी गर्दै पुनः श्रम स्वीकृबारे निवेदन आहृवान गरेको दूतावासले जनाएको छ।

श्रमस्वीकृति लिइ कतारमा कार्यरत भएर विदामा घर गइ पुनः पुरानै रोजगारदाताकोमा आउनेहरूका लागि मात्रै अर्को निर्णय नभएसम्मका लागि पुनः श्रमस्वीकृतिको सिफारिस दिने दूतावासले जानकारी दिएको छ।

पुन: श्रम स्वीकृतिका लागि के चाहिन्छ?

पुनः श्रम स्वीकृतिका लागि नेपाली राहदानी र उक्त राहदानीको पृष्ठ २ र ३ को प्रतिलिपी, घरेलु कामदारका लागि कतार आएको श्रमस्वीकृतिको प्रतिलिपी, निवेदकको कतारी आइडीको प्रतिलिपी अनिवार्य रहेको जनाएको छ।

यस्तै, कतारको श्रम विभागबाट प्रमाणित भएको करार सम्झौताको सक्कल तथा प्रतिलिपी र रोजगारदाताको कतारी आइडीको प्रतिलिपी पनि आवश्यक हुने दूतावासले जनाएको छ ।

जुन रोजगारदाताकोमा श्रम स्वीकृति लिएर आएको हो त्यसैकोमा काम गर्नका लागि मात्रै यो पुनः स्वीकृति सिफारिस लागू हुनेछ। करार सम्झौताको प्रमाणीकरणसहित सिफारिसको १८५ रियाल लाग्ने समेत कतारस्थित दूतावासले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.