दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापित
दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापित
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ।
काठमाडौंमा दुई दिनदेखि जारी सी चिनफिङ विचारधारासम्बन्धी छलफलको दोस्रो दिन दुई पार्टीका नेताहरुबीच भाइचार सम्बन्ध स्थापित गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
विचार आदान प्रदान तथा छलफल कार्यक्रमको दोस्रो दिन दुई पार्टीका नेताहरुले सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने समझदारी पत्र लेनदेन गरेका हुन्।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा उक्त समझदारी भएको हो। समझदारीमा पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका छन्।
उक्त समझदारीपछि दुईपक्षीय भ्रमण, प्रशिक्षण, अध्ययन, अनुसन्धानलगायत कामलाई पार्टी च्यानलबाट व्यवस्थित गरिने भएको छ। दुई दिने संयुक्त विचार गोष्ठी आज सकिँदैछ । दुई देशका पार्टीबीच जारी संयुक्त गोष्ठी पनि आजै सकिने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।