|

दोहा :  कतारका लागि नेपाली राजदूत महामहिम डा नारदनाथ भारद्धारलाई स्वागत गरिएको छ।

स्वागत कार्यक्रमा गैरआपवासीय नेपाली संघ एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा, नेपाली व्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाई र प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल लगायतको उपस्थितिमा राजदूत भारद्धारजलाई स्वागत गरिएको हो। 

नवनियुक्त राजदूतलाई स्वागत गर्दै व्यवसायी संघका अध्यक्ष चौलागाईले भारद्धाजको कार्यकालमा कतारमा रहेका चार लाख नेपाली तथा दुई देशिबीचको सम्बन्ध अझैं सुदृढ बन्ने विश्वास ब्यक्त गरे।

कतार आएपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध बिस्तार गर्दै यहाँ रहेका नेपालीहरुको हकहितका लागि काम गर्नेमा बिश्वस्त रहेको विभिन्न संघसस्थाका प्रतिनिधिहरुले विश्वास ब्यक्त गरे। एनआरएनए कतारका अध्यक्ष मुक्तदाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै आफुहरु दुताबाससँग सहकार्य गरेर अगाडि बढने बताए।

राजदूत भारद्धारजले कतार रोजगारी र कतारमा रहेका अन्य पेशामा संलग्न नेपाली नागरिकको हक, अधिकार रक्षाका लागि सरकारले पहल कदमी गदै आएको बताए। कतार र नेपाल सरकारबीच श्रम सम्झौता नवीकरण गर्ने विषयमा छलफल तथा तयारी भइरहेको बताउँदै उनले नेपाल र कतारको सम्बन्ध विस्तारसँगै नेपाली श्रमिकको हक, अधिकार स्थापित गर्दै सम्मानित रोजगारीको वातावरण निर्माणमा पहल गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.