|

चितवन : जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ। धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइँला भनिने राजकुमार राईको मृत्यु भएको कारागारले जनाएको छ। 

राई कलेजोका क्यान्सर पीडित रहेका थिए। उनलाई केन्द्रीय कारागार काठमाडौंबाट उपचारका लागि असोज २ मा चितवन ल्याइएको थियो। राईको उपचारकै क्रममा सोमबार राति १२ बजे बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमलप्रसाद काप्mलेले जानकारी दिए।

राईले जबरजस्ती करणी मुद्दामा २०७३ सालमा ६ वर्षको कैद सजाय पाएका थिए। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

चितवन काराकारमा २०७६ वैशाखयता तीनजना कैदीको मृत्यु भइसकेको छ। गतको जेठ ३ मा सरिता थिङ्ग र असार ७ मा भरतबहादु थापा मगरको क्यान्सरकै कारण मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.