|

बोस्टन : अमेरिकामा नेपालीको क्रेडिट युनियनका रूपमा एभरेष्ट फेडेरल क्रेडिट युनियन शनिबारबाट न्युयोर्कमा खुलेको छ। यसलाई नेपालीको पहिलो क्रेडिट युनियन भनिएको छ। शनिबार नेपाली अगुवा श्री पराजुली, उर्गेन शेर्पालगायतले रिबन काटेर यसको उद्घाटन गरे।

न्युयोर्कको ज्याक्सन हाइटमा खुलेको यो क्रेडिट युनियनलाई गत वर्ष अगस्तमा अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले सञ्चालन अनुमति दिएको हो। यसका लागि करिब ३-४ वर्ष नेपालीले प्रयास गरेका थिए। न्युयोर्क र यस आसपासका क्षेत्रमा ४५-५० हजार नेपाली बसोबास गर्ने अनुमान गरिन्छ।

यो क्रेडिट युनियनको नेपालीहरूको धेरै बसोबास रहेका टेक्सास, क्यालिफोर्निया, वासिङटन डिसी, भर्जिनिया, मेरिल्याण्ड, म्यासच्युसेट, फ्लोरिडा, जोर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागोलगायत ठाउँमा शाखा विस्तार गर्ने योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.