|

बोस्टन : नेपाली फोटोग्राफर विमल नेपालको यहाँ सात हप्ते फोटो प्रदर्शनी सुरुभएको छ। क्याम्ब्रिज टेलिविजन र विमल फोटो स्टुडियोको संयुक्त आयोजनामा उक्त प्रदर्शनी दि क्यारेन अक्वा ग्यालरी, ४३८ म्यास्साच्युसेत्ट्स एभीन्यु, क्याम्ब्रिज मा संचालन भइरहेको छ।

प्रदर्शनीमा फोटोग्राफरले एक घण्टाभित्र सडकमा मानिसको गतिविधि र रंगलाई कुसलतापूर्वक संयोजन गरेर खिचेका १३ वटा फोटोहरू छन्। 'कलरफुल सेन्ट्रल स्क्वायर- वान आवर स्ट्रीट फोटोग्राफी' नाम दिइएको सो प्रदर्शनीमा अरू पोट्रेट र फाइन आर्ट फोटोहरू पनि छन्।

उनले फोटोग्राफीको विधा मद्धे स्टुडियो पोट्रेट, लोकेसन पोट्रेट, फोटो पत्रकारिता, र स्ट्रीट फोटोग्राफीमा हात हालेका छन्। नेपालमा आर्थिक पत्रकारिताबाट आफ्नो काम थालेका विमल नेपाल अमेरिकामा आएपछि भने फोटोग्राफी तिर लागेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.