|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन सत्रमै भद्रगोल भएको छ। 

काठमाडौंको बौद्धस्थित हायात रिजेन्सीमा मंगलबारबाट जारी सम्मेलनस्थलमा रिर्पोटिङका लागि पुगेको पत्रकारहरुले प्रवेश गर्नै पाएनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलनका क्रममा रिर्पोटिङका लागि पुगेका पत्रकारले प्रवेश नपाएपछि आक्रोश पोखेका छन्।

सम्मेलनको रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई आयोजक र सुरक्षकर्मीहरुले गरेको अवरोधप्रति पत्रकारहरुले आपत्ति जनाएका छन्। सूचना विभागको प्रेस पास देखाउदा समेत अबरोध गरिएको त्यहाँ रिर्पोटिङमा पुगेका पत्रकारहरुले बताएका छन्। 

आयोजक र सुरक्षाकर्मीहरुले ‘विशेष पास’ भएकालाई मात्रै रिपोर्टिङ्ग गर्न दिने भन्दै रोकेको एक पत्रकारले जानकारी दिए। 

प्रतिनिधि बाहिरै 

विश्व सम्मेलनमा भाग लिन ८१ देशबाट करिब २५ सय प्रतिनिधि आएका छन्। तर मताधिकार भएका प्रतिनिधिले पनि सम्मेलनस्थलमा प्रवेश नपाएको भन्दै आक्रोश पोखेका छन्। 

जापानबाट आएका एकजना प्रतिनिधिले सम्मेलनस्थलमा प्रवेश नपाएकोमा आक्रोश पोखे । उनले एनआरएनएको नेतृत्वले व्यवस्थापनमा लापरबाही गरेको भन्दै विरोध जनाए। 

त्यसैगरी सम्मेलनमा प्रतिनिधिकारुपमा आएका कतिपयलाई वैकल्पिक प्रतिनिधि बनाइँदा मताधिकारबाट बञ्चित भएका छन्। प्रतिनिधिलाई मात्रै मताधिकार दिइने व्यवस्था छ। 

सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमै अध्यक्ष भवन भट्टले असन्तुष्टि पोखेका थिए। त्यसैगरी प्रतिनिधिका लागि पास लिन बिहानदेखि लाइन बसेकाहरुले रातिसम्म पनि पास नपाएको भन्दै नेतृत्वप्रति हिजैदेखि आक्रोश पोखिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.