|

काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकाल सन् २०१९ देखि २१ को कार्यकालको लागि ४१ पदमा ७६ जनाको उम्मेदवारी परेको छ। ४२ पदको लागि निर्वाचन गर्न थालिएकोमा दुई पदको लागि उम्मेदवारी परेको छैन भने बाँकी ४१ पदको लागि ७६ जनाको उम्मेदवारी परेको छ। 

अध्यक्षमा कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिएका छन्। चार उपाध्यक्षको लागि नौ जनाको उम्मेदवारी परेकोमा छ। जसमा हिक्मतबहादुर थापा, किरणबिक्रिम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, शोनाम लामा र डा. केशव पौडेलको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा सोपिला राजभण्डारी र रोविना थापाको उम्मेदवारी परेको छ। 

महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माको उम्मेदवारी परेको छ। 

अन्य कुन पदमा कसको उम्मेदवारी?

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.