|

काठमाडौंः चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणसँगै पिच गरिएको खुलामञ्चको पिच भत्काउनासाथ पुन: रातारात पिच गरिएको छ। सी को भ्रमणका क्रममा सडकबाट धुलो हटाउन खुला मञ्‍चमा अस्थायी पिच गरिएको थियो।

त्यहाँबाट दैनिक हजारौँ सवारीसाधन बाहिर आवतजावत गर्न भएकोले त्यस ठाउँमा धुलोको मात्राको चाप बढने भएकोले पिच गर्न भ्यु टावर निर्माण कम्पनीलाई जिम्मा दिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

पुरानो बसपार्क खुलामञ्चमा सारिएकोले दैनिक हजारौँ सवारीसाधन बाहिरिने र भित्रिने गरेकोले काठमाडौंमा धुलो बढेको काठमाडौं महानगरपालिकाका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए।

 भ्यु टावर निर्माण कम्पनीलाई खुला मञ्चको बसपार्कलाई अस्थायी पिच गर्न दिएको  कुँवरले बताए। चिनको राष्ट्रपतिको आउने हुँदा सडकमा धुलोको मात्रा नहोस् भनेर पिच महानगरले पिच गर्न लगाएको उनले जानकारी दिए। 

अस्थायी बसपार्क भएकोले त्यसमा कुनै पनि विवाद गर्न नहुने उनको तर्क थियो। ' त्यहाँ पिच गर्दा काठमाडौंमा धुलोको कमी आउँछ भने पिच गर्दा केही असर हुदैन,' उनले भने। सहरी र सडक व्यवस्थापनको लागि पनि पिच गरिएको उनको दाबी थियो।

बागबजारमा पुरानो बसपार्कमा भ्युटावर निर्माण गर्ने भएकोले खुला मञ्चमा बसपार्का सारिएको उनले बताए। त्यहाँको वातावरण अस्तव्यस्त भएकोले सम्झौतामा पिच गरेर बसपार्क सञ्चालन  गर्ने अनुमित दिएको उनको उनले प्रष्ट पारे। काठमाडौंमा सबैभन्दा बढी धुलो सडकमार्फत आउने भएकोले त्यहाँ पिच गरि सफा गर्न सहज हुने सिमेन्ट गरेर पिच गरिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.