|
फाइल तस्विर

कञ्चनपुर : हात्तीको आक्रमणबाट बुधबार मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका अन्ताजी ६५ वर्षीय बलदेव बोहराका परिवारलाई किरिया खर्च उपलब्ध गराइने भएको छ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले मृतकको घरमै पुगेर रु २५ हजार किरिया खर्च वापतको रकम उपलब्ध गराउने घोषणा गरेका छन। गाँउ नजिकैको सिद्धबैजनाथ सामुदायिक वन भएर कृष्णपुर नगरपालिकाको बाणीतर्फ साईकलमा जाँदै गर्दा बोहराको जंगली हात्तीको आक्रमणमा परि ज्यान गएको हो।

अर्का सोही ठाउँका स्थानीय नारायण सार्कीले भागेर ज्यान जोगाएका छन। दुई सातादेखि हात्तीको बथानले यस क्षेत्रका बस्तीमा पुगेर उपद्र मच्चाउँदै आएको छ। बस्ती नजिकैको सामुदायिक वनबाट आउने हात्ती भगाउनका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.