|

दोहा : कतारमा रहेका नेपालीले सरकारीको सम्बन्धित निकायको अनुमतिविना कुनै पनि कार्यक्रम संचालन गर्न कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ। कतारको कानुनअनुसार पूर्वस्वीकृतविना कुनै पनि कार्यक्रम गर्नु र गराउनु गैरकानुनी मानिन्छ।

हालैका दिनहरूमा केही समुदायहरूले कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृत नलिइ विभिन्न स्थानहरूमा कानुन र प्रचलन प्रतिकूल हुने गरि विभिन्न किसिमका भेलाबैठकको आयोजना गर्ने, चन्दा रकम संकलन गर्ने जस्ता कार्यहरू गरिएको हुँदा कतार सरकारको ध्यानाकर्षण भएको लिखित जानकारी प्राप्त हुन आएकोले कतारस्थित नेपाली दूतावास यस्तो सूचना सार्वजनिक गरेको हो।

कतार सरकारका सम्बद्ध निकायको पूर्वस्वीकृतीविना कुनै किसिमका राजनीतिक, सामाजिक र धार्मिक गतिविधिहरु संचालन नगर्न/नगराउन नेपाली नागरिकलाई आह्वान गर्न अनुरोध गरेको छ। कूटनीतिक नियोगमार्फत निर्देशन गर्ने यहाँस्थित सरकारी निकायले अनुरोध गरेको जानकारी गराउँदै सोहिबोमोजिम गर्न गराउन हुन कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कानुनविपरित कुनै काम कार्यहरु नगर्नेसमेत दूतावासले अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.