काठमाडौं : प्राणीहरू जोसुकैलाई पनि आफू जन्मेहुर्केको ठाउँ प्यारो लाग्नु स्वाभाविकै हो। त्यस्तैगरी वनमै जन्मे हुर्केको सुगा चरीलाई पनि आफ्नै वन जंगल प्यारो लाग्ने गर्दछ। पिँजडामा थुनेर जतिसुकै मिष्ठान्न भोजन दिइए पनि उसको अन्तर मनले वनमै जान पाए हुन्थ्यो भन्ने सोचिरहेको हुन्छ।
पिँजडामा मानिसहरूसँग बोलीमा बोली मिलाँउदै गरेको देखेर रमाइलो लाग्ने सुगा चरा। यसको आवाज र रङ रूपले मोहित नपार्ने सायद कसैलाई होला।
पिँजडामा मानिसले दिएको चारो खाँदै गोपी कृष्णको आवाज निकाल्दै पिँजडाभित्र रमाए जस्तो देखिन्छ तर भित्री मनबाट भने खुला आकाशमा रमाए जति त्यो पिँजडामा त कसरी रमाउँदछ होला। ललितपुर जिल्लामा पर्ने खोकनाको खुला आकाशमा रमाउँदै गरेका सुगाहरू :
तपाईंको ईमेल गोप्य राखिनेछ ।