कानुनमै कामदारको न्यूनतम तलब तोक्ने पहिलो खाडी मुलुक बन्यो कतार

|
फाइल फोटो

दोहा : कतार सरकारले कानुनमै कामदारको न्यूनतम तलबको व्यवस्था गरिएको विधेक पारित गरेको छ। कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो।

पारित मस्यौदालाई सुरा काउन्सिलमा पेस गरेको छ। कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने हो। यसैले पनि अब पारित कानुन लागू हुन मात्र बाँकी छ।

न्यूनतम तलब निर्धारण गर्नका लागि प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले संयुक्त अध्ययन पूरा गरिसकेको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले कतारको निर्णय स्वागतयोग्य रहेको जनाएको छ।

रोजगारीको गन्तव्य रहेको कतारमा झन्डै ४ लाख नेपाली कामदार कार्यरत छन्। कतार सरकारले न्यूनतम तलब तोक्ने कानुन पारित गरेसँगै कतारमा रहेका नेपाली  कामदारलाई ठूलो राहत हुने भएको छ।

कानुनमै न्यूनतम तलबको व्यवस्था लागू भएपछि अहिले जस्तो कतार आउने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरे पनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको अवस्था हट्नेछ। यसका साथै नेपालीलगायत सबै देशका कामदारले समान तलब पाउने छन्।

खाडी मुलुकमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेसँगै आइएलओले समेत कतारको प्रशंशा गरेको छ। कतारले सबै देशका कामदारलाई समानरूपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन पारित गरेसँगै आँउदो जनवरीदेखि यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.