दुर्गा र पशुपतिनाथ मन्दिरमा दर्शन

|

म्यानमार : म्यानमारको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले त्यहाँस्थित बर्मेली नेपाली समुदायसँग भेट गरेकी छन्। राजधानी नेपितबाट पिनुइलिन पुगेकी राष्ट्रपति भण्डारीले शुक्रबार त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी हुन्। 

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा, संस्कृति रीतिरिवाज र परम्पराको संरक्षण गरेकोमा त्यहाँका नेपाली समुदायको प्रशंसा गरिन्।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा गरेको स्वागत समारोहमा बोल्दै उनले आफ्ना पूर्वज जस्तै मेहनती लगनशील उद्यमी भएर नेपाल र नेपालीको इज्जत राख्न आग्रह गरिन्। राष्ट्रपतिले म्यानमारको विकासमा सहयोगी बन्‍न पनि त्यहाँका नेपाली समुदालाई आग्रह गरेकी छन्।

उनले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमि नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन यहाँका बर्मामा रहेका नेपाली समुदायलाई निम्तो गरेकी छन्। त्यसअघि राष्ट्रपति भण्डारीले यहाँस्थित दुर्गा र पशुपतिनाथको मन्दिरको दर्शन गरेकी छन्। 

भ्रमणका क्रममा राष्ट्रपतिले शुक्रबारै पिलियुन्स्थित नेशनल क्यान्ढ्ची पार्कको अवलोकन गरिन्। यो पार्कमा वनस्पति संरक्षण गरिएको छ। यो पार्क एक सय वर्ष अघिदेखि संरक्षित छ।

सबै तस्बिरहरु सौजन्य : रेडियो नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.