|

बारा : बाराको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको समुहले आर्यघाटमा प्रतिक्षालय बनाएको छ।

२०५७ सालको ब्याचले करिब साढे ४ लाख खर्च गरेर निजगढ–९ बकैयास्थित आर्यघाटमा बनाएको प्रतिक्षालय सोमबार एक कार्यक्रमकाबीच आर्यघाट समितिलाई हस्तान्तरण गरेको छ।

आर्यघाटनमा निर्मित प्रतिक्षालय निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको उपस्थितिमा निर्माण समितिका अध्यक्ष रामहरी खरेलले समितिका अध्यक्ष केदार घिमिरे र कोषाध्यक्ष सावित्रि भारतीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक बद्रिनारायण झा,  पूर्व प्रधानाध्यापक रामकुमार शर्मा, सुदर्शनप्रसाद कोईराला, कृष्णप्रसाद उपाध्यायलाई पूर्व विद्यार्थीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए।

२०५७ ब्याचले निजगढ–४ को मोहोरी पार्कमा आकर्षक बुद्धको मूर्ती बनाउने समेत उद्घोष गरेको पूर्व विद्यार्थी मुक्तिनाथ अधिकारीले जानकारी दिए।कार्यक्रममा पूर्व युवा तथा खेलकुल मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामा, निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल, नेपाली कांग्रेस निजगढका सभापति महेशी कुमर, वडा अध्यक्ष टेकबहादुर लामा, सुदर्शन बडाल, पूर्व प्रधानाध्यापक सुदर्शनप्रसाद कोईराला लगायतले सम्बोधन गरेका थिए। 

पूर्व विद्यार्थी राजेन्द्र आर्चायले निजगढको विकासका लागि पूर्व विद्यार्थीले पनि भूमिका खेल्नुपर्ने बताए।  कार्यक्रममा पूर्व गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, राप्रपा निजगढका अध्यक्ष खड्गप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गरिएको पूर्व विद्यार्थी खड्गराज मैनालीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.