|

बारा : बाराको निजगढका छठ मनाउने छठ घाट मनाउन बकैया खोलाको बगर प्रयोग गर्दै आएका छन्। व्यवस्थित छठ घाटको अभावमा बगरलाई प्रयोग गर्दै आएको हुन्। अस्थायी ठाँउमा घाट बनाउँदा व्यवस्थित गर्न नसकिएको छठ पूजा आयोजक समिति दिनानाथ साहले बताए।

‘स्थायी पोखरीको भएको ठाउँमा व्यवस्थित रुपमा मनाउने सकिन्थ्यो’, साहले भने,'नगरपालिकाले त्यस्तो ठाउँ उपलब्ध गराईएमा अझैं राम्रो गर्न सकिन्थ्यो।’ बालुवाको बगरमा बनाईएको घाटसम्म पुग्न ब्रतालुलाई समस्या हुने गरेको छ।

छठघाटमा आयोजित शुभकमना आदन-प्रदान कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछाने खनालले स्थायी छठ घाटका लागि नगरपालिकाले छठ पूजा समितिसँग सहकार्य गरेर सहयोग गर्ने प्रतिवद्धता जनाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.