|

काठमाडौं : नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ।

देशभरका ऐतिहासिक र पुरातात्तिक संग्रहालयलाई संरक्षण गर्ने जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्व विभागको दशकौं लामो इतिहास बोकेको नारायणहिटी संग्रहालयलाई भाडामा दिने तयरी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन्।

गएको असोज ३ गते संस्कृति तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, मन्त्रलायका सचिव केदारबहादुर अधिकारी र पुरातत्व विभागका कमु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रहालय अवलोकन गन गर्दै संग्रहालउको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गरेका थिए। 

अवलोकन गर्दै मन्त्री भट्टराईले हाल अवलोकन गर्ने बाहेक संग्रहालयको संरचना कामविहीन अवस्थामा रहेको सो कक्षलाई नेपाल भ्रमण वर्ष २०२० को शुरुआतमै खोल्ने गरी तयारी गर्न  निर्दैशन दिएको खबर नेपाल समाचारपत्र दैनिकमा छ। 

१० सिट भएको डायनिङ हल अत्याधुनिक छ। राजा त्रिभुवन, महेन्द्र, विरन्द्र र ज्ञानेन्द्रले विदेशी पाहुनालाई सोहि हलमा विदेशी पाउनालाई रात्रिभोज दिने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.