वरिष्ठ अधिवक्ताहरुसहित ३० जना तयार

|

काठमाडौं : संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा करिब ३० जना वकिलहरुले बहस गर्ने भएका छन्। 

पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा २० जना भन्दा धेरै वकिलहरुले महराको पक्षमा बहसका लागि वकालतनामा पेश गरेका छन्। 

महराविरुद्ध सरकारी वकिलले करणी उद्योगअन्तरगत मुद्दाको फाइल जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा पेश गरेर आफ्नो राय राखिसकेपछि प्रतिवादीकोतर्फबाट आइतवारदेखि बहस सुरु भएको हो।

थुनछेकको बहसका क्रममा महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्दैछन्।

त्यसैगरि अधिवक्ताहरू मुरारी सापकोटा र चन्द्र गुरागाइँसहितका कानुन व्यवसायीले थुनछेक बहस गर्ने भएका हुन्। महराको पक्षमा बहस गर्न करिब ३० जना अधिवक्ताले वकालतनामा भरेका काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ। 

गत असोज १२ गते संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो। महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.