|

योगेन्द्र योगी 

दोहा : जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपाली आवद्ध संघ संस्थाले आर्थिक सहयोग गरेका छन् ।

पर्वत समाज कतार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखा र विभिन्न संस्थामा आवद्ध नेपालीबाट स्वतस्फुर्त संकलन भएको नेपाली एक लाख पन्ध्र हजार पाँच सय पाँच रुपैयाँ शर्माको खातामा जम्मा गरिएको छ।

जनगायक शर्माका छोराको उपचारको लागि आर्थिक अभियानका संयोजक रघुनाथ शर्माले पर्वत समाज कतारबाट कतारी रियल १ हजार ५ सय २५, विभिन्न संस्थामा आवद्ध नेपालीबाट कतारी रियल १ हजार ४ सय ८१, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान कतार शाखाबाट संकलित ७ सय ३९ कतारी रियल नेपाल पठाइएको हो।

बैंक चार्ज कटाएर कतारी रियल ३ हजार ७ सय २७ रुपैयाँ शर्माको खातामा पठाइएको गैरआवासीय नेपाली संघ कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.