|

रौतहट : बम विस्फोटमा घाइते तेइसजनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा तीनवटा मुद्दा दर्ता गरिएका कांग्रेस नेता मोहम्म आफताव आलमको थुनछेक बहस मंगलबारदेखि सुरु हुँदैछ।

पूर्वमन्त्री आलमको केसमा बादी र प्रतिबादी दुवैतर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन्। आलमको थुनछेक बहस जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा हुने भएको छ। 

आलमको तर्फबाट मात्रै करिब २७ जनाले वकालतनामा लिएका छन्। सरकारी वकिलको तर्फबाट पनि उतिकै संख्याका वकिलले बहस गर्ने भएका छन्। सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको छ। 

आलमको बयान सकिएपछि सम्भवत मंगलबार नै बहस शुरु गर्ने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिए। 

न्यायशधीशले मिसिल अध्ययन गरेपछि आलमको बयान हुने हुदा बहसमा ढिलाइ हुन सक्ने न्यायधीवक्ता कटुवालले बताए। बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सह-न्यायधीवक्ता राम प्रसाद पन्थी, महान्याधीवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्याधिवक्ता रुद्र पन्थी र आफैले बहस गर्ने कटुवालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.