समाज

सन्धिखर्क दुर्घटना अपडेट : मृतक तीनजनाकै सनाखत

कात्तिक २०, २०७६

    अर्घाखाँची : सन्धिखर्क नगरपालिका–६ नरपानी बुधबार बिहान भएको कार दुर्घटनाका मृतक तीनजनाकै सनाखत भएको छ। 

    मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय तिलक खड्का र ४३ वर्षीय भक्तबहादुर खड्का रहेका छन्। दुर्घटनामा परी अन्य दुईजना घाइतते भएका छन्। 

    घाइते हुनेमा सोही ठाँउका ४९ वर्षीय गंगाबहादुर खड्का र २८ वर्षीय विनोद खड्का रहेका छन्। उनीहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ।

    रूपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको हो। कार सडकबाट करिब १५० मिटर खसेको जिल्ला प्रहरी प्रमुख प्रकाश विष्टले जानकारी दिए। कारमा एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]