|

दोहा : आजाद भिसामा कतार आएका कन्चनपुरका प्रीतम तामाङ  अलपत्र परेका छन्। काठमाडौँस्थित ब्लुमून ओभरसिजबाट गत अक्टुबर २२ मा कतार आएका तामाङ कतारस्थित एजेन्ट सम्पर्कमा नआएपछि कम्पनी र काम टुंगो नलागेपछि अलपत्र परेका हुन्।

पिडित तामाङलाई आफ्नै गाउको मामा पर्ने बुद्धिमान तामाङ मार्फत एचएमटी मेनपावर पुर्याएका थिए । एचएमटी ओभरसिजले ब्लुमून ओभरसिज मार्फत तामाङलाई कतार पठाएको थियो ।

एचएमटी मेनपावरका डाइरेक्टर लक्ष्मी प्रसाद गिरीले कतारको  एयरपोर्टमा आफ्नो मान्छे महेन्द्र भण्डारी लिन आउने र उनले नै भने बमोजिमको कामको बन्दोबस्त गरिदिने भनी पठाए तर भण्डारीलाई सम्पर्क गर्दा कुनै सम्पर्क हुननसकेको पिडित तामाङ्ले बताए ।

भिसा र करारपत्रमा केआरके कन्ट्र्याक्टिङ सर्भिसेज हस्पिटालिटी क्लिनिङ कम्पनी उल्लेख भएको र मेनपावरले क्लिनिंङ्गको काम र तलव ९०० कतारी रियाल प्लस ३०० कतारी रियाल हुन्छ भनेर नेपालबाट पठाएको उनले बताए।

कतारको कानुन अनुसार श्रमिक भिसामा आएर आईडी नलागेका व्यक्तिले अध्यागमन पार गर्न एक्जिट पर्मिट देखाउनु पर्ने हुन्छ। हवाई अड्डामा झोक्राएर बसेका उनले  एजेण्टलाई फोन गरे फोन उठेन अर्को पटक प्रयास गरे मोबाईल  स्वीचअफ भयो ।

हवाई अड्डामा कामगर्ने नेपालीहरुको सहयोगमा उनी बोकेर दुताबास पुगेर आफ्नो पीडा सुनाए। महेन्द्र भण्डारी एजेन्ट मात्र नभई ब्लुमुन ओभरसिजका संचालक भएको र भण्डारीको नाममा अरुपनि उजुरी आएको दुताबासका श्रम सहचारी नरेन्द्र ज्ञवालीले बताए  ब्लुमुन ओभरसिज तथा एचएमटी ओभरसिजले बिगत लामो समयदेखी कतारका विभिन्न कम्पनीका भिसालाई आजाद भिसाको नाममा नेपाली श्रमिक बेच्दै आएको सूचना प्राप्त भएको छ ।

नेपाली राजदुताबास, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, टियुसी कतार शाखाका अध्यक्ष बुद्ध पाण्डे र एनसीसी कतारका सदस्य झबिन्द्र आचार्यको पहलमा पिडित  तामाङलाई नेपाल फर्काउने तयारी भइरहेको एनआरएनएन कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.