|

दोहा : वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि जारी गरेको सूचना प्रति गैरआवासीय नेपाली संघ कतारले आपत्ति जनाएकाे छ।

विभागले जारी गरेको पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसा र करारपत्रमा उल्लेखित पेशामा एकरुपता ल्याउनु पर्ने सूचना प्रति गैरआवासीय नेपाली संघ कतारले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएकाे छ। 

विभागले खाडी तथा मलेसियास्थित नेपाली राजदूतावासहरुलाई पठाएको पत्रमा पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसामा उल्लेखित पेशा पुष्टि गर्ने प्रमाणपत्र लिएर आउन भनिएको थियो।

गैरआवासीय नेपाली संघ कतारले जारी गरेको प्रेस विज्ञप्तिमा विभागले जारी गरेको सूचना ब्यबहारिक नभएकोले हजारौं कामदारको रोजगारी गुम्ने खतरा रहेको भन्दै तत्काल स्थगन गर्न माग गरिएको छ। 

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र महासचिव पदम गिरीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भिसामा जे लेखिएता पनि कामदारहरु आफनो दक्षता अनुसारको काम गर्दै सो बापतको पारिश्रमिक बाट सन्तुष्ट रहेको भन्दै विभागले उल्लेख गरेको प्रावधान पूरा गर्न सम्भव नहुने भनिएको छ।

साथै विज्ञप्तिमा कामदारले तत्काल चाहेर पनि आफ्नो पेशा परिवर्तन गर्न सम्भव नरहेको भन्दैं नेपाल गएर पुनः फिर्ता हुने कामदार श्रम स्वीकृतिको लागि सेटिङ्गको नाममा ठगिने र अनियमितता बढ्न सक्ने आशंका समेत व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.