|

जनकपुरधाम : पूर्वराष्ट्रपति डा. रामवरण यादवले रामजानकी विवाह मण्डप परिसरमा वृक्षारोपण गरी आइएमई नेपाल साहित्य महोत्सव जनकपुरमा उद्घाटन गरेका छन्। बुकवर्म फाउन्डेशनले आयोजना गरेको तीन दिने शुक्रबारदेखि सुरू भएको हो। 

आइतबारसम्म चल्ने महोत्सवमा साहित्यकार, लेखक तथा पत्रकारहरुले विभिन्न विषयमा विचार विमर्श गर्ने आयोजकले जनाएको छ। कार्यक्रमको स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२०‚ प्रदेश २ का संयोजक मनिष झाले जनकपुरले ज्ञानभूमिको रुपमा प्रसिद्धि पाए पनि पछिल्लो समय छायामा परेको बताए। उनले  यो कार्यक्रमले जनकपुरको गरिमा र महत्त्वलाई उकास्ने आशा व्यक्त गरे।  

शुक्रबार विभिन्न सांगीतिक कार्यक्रम र सीमाञ्चल साहित्यमाथि सेसनमाथि राजनीतिज्ञ हरि शर्माले चर्चा गरेका छन् । शनिबार ‘चुरेको चिन्ता’ विषयक बहसमा पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वक्ता रहनेछन्। मधेशको हिमाल सत्रका प्रमुख वक्तामा कनकमणि दीक्षित, विराजभक्त श्रेष्ठ र डा. रामदयाल राकेश रहने आयोजकले जनाएको छ। यस्तै‚ देश प्रदेश सत्रको प्रमुख वक्ताका रूपमा प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउत रहने छन्।

जनकपुरको  विभिन्न ऐतिहासिक स्थान जानकी मन्दिर, विवाह मण्डप, रेलवे स्टेशन तथा गंगासागर किनारमा बहस हुनेछन्। आठ वर्षदेखि साहित्य महोत्सव गर्दै आएको बुक होम फाउण्डेसनले यस वर्ष जनकपुर संस्करण पनि थालनी गरेको महोत्सव निर्देशक अजित बरालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.