|

दोहा : रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ। दाङका ३६ वर्षीय जबिन्द्र परियारको कुवेत पुगेको डेढ महिनामै उपचारको क्रममा मृत्यु भएको हो।

परियार गत सेप्टेम्बर महिनामा मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत पुगेका थिए। दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टाउको दुखेपछि अक्टोबर २ तारिखमा फर्वानियाको अल सिफा अस्पातमा पुर्‍याइएको थियो। तर, उनको त्यहाँ उपचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो।

अस्पतालको अनुसार उनलाई मस्तिस्कमा क्षयरोग लागेको र लामो समय उपचार गर्दा पनि डाक्टरले बचाउन नसकेको मुतकका भाइ शैलेन्द्र परियारले जानकारी दिए। मृतकको शवलाई आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको कुवेतस्थित नेपाली दूतावासकी द्वितीय सचिव जानकी ओझाले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.