|

काठमाडौंः नेपाल प्रहरीले लागि नयाँ खरिद गरेको ५ वटा ‘वाटर क्यानोन’ को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवं प्रदर्शनी गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत वरिष्ठ प्रहरी अधिकृतले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

उक्त अवसरमा ‘वाटर क्यानोन’ द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दूरी तथा ३० मिटर दूरीमा पानीको फोहरा प्रदर्शन गरिएको थियो। भीडमा सहभागीको पहिचान हुन सहज होस् भनेर प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको हो।

नेपाल प्रहरीसँग वाटर क्यानोन छ वटा भएको छ। यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो। उत्तेजित भीड तथा अग्नि नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’ मा १८ वटा अश्रु ग्याँस सेल, ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता छ।

‘वाटर क्यानोन’ मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन्। ‘अपर क्यान’ मा ५५ मिटरको दूरीसम्म र ‘लोअर क्यान’ मा ३० मिटरको दूरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.