|
फाइल तस्विर

चितवन : नुहाउने क्रममा एक युवा त्रीशूली नदीमा बेपत्ता भएका छन्।

पर्साको वीरगञ्ज उपमहानगरपालिका-३२ का २१ वर्षीय विजय लामा नुहाउने क्रममा इच्छाकामना गाँउपालिका-४ धारापानी भन्ने स्थानबाट त्रीशूलीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनी बिहीबार दिउँसो तीन बजे बेपत्ता भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। उनको प्रहरी निरीक्षकको कमाण्डमा नौजनाको प्रहरी टोली खोजीकार्यमा जुटेको प्रहरीले जनाएको छ।

बेपत्ता भएका लामा इच्छाकामना-४ मा विभिन्न निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.