|

सल्यान : सल्यानमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ। सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको रा ४ प २४२४ न मोटरसाइकलले ठक्कर दिदा शारदा नगरपालिका ९ की ८० वर्षीया बालिका विष्टको मृत्यु भएको हो। 

सोमबार छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा बाटो काट्ने क्रममा वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको थियो। घाइते विष्टको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.