|

काठमाडौं :  गम्भीर बिरामी भएपछि १० दिनसम्म अस्पतालमा उपचार गरेर सरकारी निवास बालुवाटरा फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँबाट पनि सारिएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएपछि ओलीलाई बालुवाटार परिसरमै रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको सरकारी निवासमा सारिएको हो।

सरकारले साविकको प्रधानमन्त्रीको सरकारी निवास भत्काएर नयाँ बनाउन अहिलेको संरचना भत्काउन थालेपछि प्रधानमन्त्री ओलीलाई सारीएको हो। 

सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो। प्रधानमन्त्रीको पुरानो निवास भत्काउन करिब एक महिना बताइएको छ।

भवनका भग्नावशेषको फोहोर र निर्माणको सामाग्रीले संक्रमणको उच्च जोखिम हुने भएपछि प्रधानमन्त्रीलाई अहिले राष्ट्रिय सभाका अध्यक्ष बसिरहेको मुख्यसचिवको तत्कालीन निवासमा सारिएको हो।

उपचारपछि फर्किएका ओलीलाई चिकित्सकहरुले आराम गर्न सुझाउँदै भेटघाट कम गर्न भनेपछि बालुवाटारमा आराम गर्दै आएका छन्। मुख्य सचिवनिवासमा रहँदै आएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ। प्रधानमन्त्री निवास २९ करोड रुपैयाँमा निर्माण हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.