|

दोहा : कतारमा मृत्युदण्ड सुनाइएका मोरङका सुनिल उराउलाई बचाउन २५ लाख सहयोग जुटेको छ।

चितवनका ‘विनोद रानाभाट बचाऔं अभियान’मा संकलन भएको  एक करोड २१ लाख ७३ हजार रुपैयाँबाट २५ लाख रुपैयाँ उरावको जीवन रक्षाको लागि सुनिल उराउ रिहाई तथा उद्दार समितिलाई हस्तान्तरण गरिएको अभियन्ता अर्जुन भुसालले जानकारी दिए।

चार वर्षअघि सामान्य बादविवाद भएको र धकेल्दा लडेर झापाका रेवत रावलको मृत्यु भएपछि सुनिल उराउ पक्राउ परेका थिए। पछि उनलाई नै दोषी ठहर गर्दै कतारको अदालतले मृत्युदण्डको फैसला गरेको थियो।

मृत्युदण्डबाट बच्न ३५ लाख ब्लडमनी तिर्नुपर्ने अदालतले फैसला गरेको थियो। तर रकम नजुट्दा उनी मृत्युडण्ड पर्खेर कतारको जेलमा बसिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.