|

काठमाडौं :  सञ्चारकर्मी डा. भीमराव अम्वेडकर अवार्ड २०१९ बाट आरती लम्साल सम्मानित भएकी सम्मानित भएकी छिन्। भारतीय संविधान निर्माता डा. अम्वेडकरकाे नामबाट स्थापित साे अवार्डबाट सञ्चारकर्मी आरती लम्साल सम्मानित भएकी हुन्।

भारतकाे राजधानी नयाँ दिल्लीमा आयोजित समाराेहमा भारतीय अकादमीले डा.अम्बेडकर कलाश्री अवार्डबाट लम्साललाई सम्मान गरेकाे हाे। जातीय विभेदकाे अन्त्य र महिला सशक्त्तीकरणमा याेगदान पुर्‍याएबापत लम्साललाई सम्मान गरिएकाे अकादमीले जनाएकाे छ।

जातीय विभेदविरुद्ध अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लाे समय विभेदविरुद्धकाे अभियानसमेत चलाइरहेकी छिन्। कार्यक्रमा डा अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता विमला गाैचन सम्मानित भएकी छन्।

अग्रज समाजसेवी गाैचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष हुन्। यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए।

भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए। भारत, नेपाललगायत दक्षिण एसियाका सञ्चार , मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा याेगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक वर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.